काठमाडौं । लगातार दुई दिन बढेको सुनको मूल्य बुधबार भने सानो अन्तरमा घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ९० हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।