काठमाडाैं । सुनको मूल्य आज तेस्राे दिन शुक्रबार पनि बढेको छ । शुक्रबार सुन तोलामा ५०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
अघिल्लो साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस हिसाबले साताभरमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । यस साता सुनको भाउमा निरन्तर उतारचढाव देखिइरह्यो । बुधबार साताभरकै सबैभन्दा उच्च मूल्य रही प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको थियो भने सबैभन्दा कम मूल्य भदौ ६ गते ९० हजार ९०० रुपैयाँमा कायम भएको थियो ।