Saturday, October 3, 2026
20.1 C
Kathmandu
Home समाचार हिजाे स्थिर रहेकाे सुनकाे मूल्य आज साेमबार यस्ताे छ

हिजाे स्थिर रहेकाे सुनकाे मूल्य आज साेमबार यस्ताे छ

काठमाडाैं । आज सोमबार पनि सुन र चाँदी दुबैको भाउ स्थिर देखिएको छ।

नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार सोमबारको लागि छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ६ सय रुपयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकिएको छ। यो अघिल्लाे दिनकै भाउ हो। आइतबार पनि सुन यहि भाउमा कारोबार भएको थियो।

सोमबार चाँदीको भाउ पनि स्थिर छ। आइतबार सामान्य बढेको चाँदीको भाउ सोमबार भने घटबढ भएको छैन। सोमबार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।