काठमाडाैं । लगातार दुई दिन स्थिर रहेकाे सुनको भाउमा सामान्य गिरावट आएको छ । भदौ १५ गते आज मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको छ । यसैगरी तेजाबी सुन भने आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाउँछ । सोमबार भने सुनको भाउ स्थिर रहेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि मंगलबार सामान्य रुपमा ओरालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य पनि स्थिर हुँदा आइतबारकै मूल्य अर्थात् प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।