निरन्तर तीन दिन ओरालो लागेको सुनको भाउ वृद्धि भएको छ । भदौ १८ गते, शुक्रबार सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

यस दिन छापवाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आज तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।अघिल्लो कारोबार दिन भने सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

साताभरमा सुन तोलामा ७०० रुपैयाँले घटेको छ । अघिल्लो साताको शुक्रबार सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि लगातार दुई दिन स्थिर रहेको सुनको भाउ निरन्तर ओरालो लागेको महासंघको तथ्यांकमा देखिन्छ । ओरालो लागेको सुन शुक्रबार मात्र बढेको हो । यस साता सुनको अधिकतम मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तोकिएको न्यूनतम मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ हो
सुनको भाउ बढेपनि शुक्रबार चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार १९५ रुपैयाँमा किनबेच हुँदैछ ।

यस साता चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । साताभर चाँदीको मूल्यमा सामान्य उतारचढाव देखइिरह्यो । पछिल्लो शुक्रबार प्रतितोला एक हजार २०० रुपैयाँ तोकिएको चाँदी साताको पहिलो दिन उकालो लागेर प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता बुधबार चाँदी साताकै कम मूल्य प्रतितोला एक हजार १९५ रुपैयाँमा किनबेच भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।