काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत कारोबार दिन शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ७ सय रहेको थियो । आज तोलामा सुनको मूल्य ४ सयले गिरावट आइ प्रतितोला सुन ९० हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज आज तेजावी सुनको मूल्य ८९ हजार ८ सय रहेको छ ।
महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार प्रतितोला चाँदीको मूल्य २० रुपैयाँले गिरावट आएको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १२ सय १५ रहेको थियो भने आज मूल्य गिरावट आइ १ हजार १ सय ९५ रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।