काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो (सोमबार) भने सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

यो दिन चाँदीको भाउ पनि स्थिर रहँदै १ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।