काठमाडाैं । बुधबार सुनको मूल्य वृद्धि भएको छ। यस दिन सुन तोलामा ६०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रूपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रूपैयाँमा कारोबार भईरहेको छ।

मंगलबार भने सुनको मूल्य स्थिर रहि प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम रहेको थियो। चाँदीको भाउ लगातार दोश्रो दिन पनि स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला एक हजार २०० रूपैयाँमा खरिदबिक्री भइरहेकाे छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।