काठमाडौं ३१ भदौ। नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) घटेर कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने पनि स्थिर रहेको छ । आज छापवाला सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजावी सुन ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।