सुनको भाउ तोलामा एक हजार ४०० रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबार एकैैदिन ८९ हजार १०० रुपैयाँमा झरेको छ ।

मूल्यमा उच्च गिरावटसंगै सुनको भाउ तोलामा ९० हजार तल झरेको छ । आज तेजावी सुनको भाउ ९० हजार रुपैयाँबाट घटेर ८८ हजार ६५० रुपैयाँमा आईपुगेको छ ।

यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा आईपुगेको छ । बिहीबार एक हजार २०० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।