काठमाडाैं ३ असाेज । साताको पहिलो दिन सुनको भाउ स्थिर रहेको छ । असोज ३ गते, आइतबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुनको मूल्य भने ८८ हजार ६५० रुपैयाँ तोकिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन पनि सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो ।
आइतबार चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच हुँदैछ । महासंघको तथ्यांक अनुसार शुक्रबार पनि चाँदी तोलामा ३० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार १७० रुपैयाँ तोकिएको थियो ।
Comments







