काठमाडौं ५ असोज । साताको दोस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन तोलामा ३०० रुपैयाँमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघको तथ्यांक अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन भने सुन तोलामा २०० रुपैयाँले ओरालो लागेर ८८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी मंगलबार चाँदीको भाउ पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले प्रतितोला एक हजार १४० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार भने चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १३५ रुपैयाँ तोकिएको थियो।