काठमाडौं १२ असाेज । मंगलबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ८९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुनको भाउ तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८८ हजार ८५० रुपैयाँ रहेको थियो । यस दिन चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ रहेको थियो ।