काठमाडौं ८ कातिक । नेपाली बजारमा आज सुनको मूल्य आज पनि बढेको छ। आइतबार प्रतितोला ४०० रुपैयाँले बढैको सुनको भाउ सोमबार ३०० रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ। आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम गरिएको छ। आइतबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला पाँच बढेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ कायम गरिएको छ। आइतबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।