बिहिबार सुन तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा तोकिएको छ ।
तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे छ । अघिल्लो कारोबार दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँले गिरावट भएर प्रतितोला ९२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ । यस दिन चाँदी अघिल्लो कारोबार दिनकै मूल्य अर्थात् एक हजार २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
Comments