कन्नड सुपरस्टार अभिनेता पुनित राजकुमारको हृदयघातका कारण निधन भएको छ । उनको निधन ४६ वर्षको उमेरमा बैंगलुरूस्थित बिक्रम हस्पिटलमा बिहीबार भएको हो । जिममा रहेका पुनित अचानक ढलेपछि उनलाई तत्काल हस्पिटल लगिएको थियो ।

उनको उपचारमा संलग्न डाक्टर रंगनाथ नायकद्वारा जारी स्टेटमेन्ट अनुसार उनलाई छातीमा दुखाइ भएपछि ११ बजेर ३० मिनेटमा अस्पताल ल्याइएको थियो । उनलाई अस्पतालमा ल्याउँदा अवस्था बिग्रिसकेको थियो । शिव राजकुमारका दाई समेत रहेका पुनितले सन् १९७६ बाट बाल कलाकारको रुपमा अभिनय सुरू गरेका थिए । उनको गत अप्रिलमा युवराथना नामक फिल्म रिलिज भएको थियो । जेम्स नामक उनको फिल्म छायांकन भरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।