सुनको भाउ आज मंगलबार बढ्यो, यस्तो छ आजको मूल्य

काठमाण्डाै – हिजो केही घटेको सुनको भाउ आज भने फेरि बढेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।