काठमाडौं ५ मंसिर । कानुन व्यवसायीहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराकै सामुन्ने भ्रष्टचारको नाइक राजीनामा दे भन्दै नाराबाजी गरेका छन् ।
जबराको राजीनामा माग गर्दै तीन सातादेखि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसोसिएन तथा सर्वोच्च बारको नेतृत्वमा आन्दोलनरत उनीहरुले सर्वोच्चकै प्रागंणमा जबरा विरुद्ध कडा शब्दमा प्रस्तुत भएका हुन् ।
बारले आजदेखि देशव्यापी विरोध कार्यक्रम राखेको छ । आन्दोलनको कार्यक्रमअन्तर्गत आज देशभरका बार इकाइलाई बहस बहिष्कार गर्न भनिएको छ ।
यस्तै भोलि देशभरका अदालतमा अदालतमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टीसहितको धर्नालाई निरन्तरता दिने, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादकोबाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने निर्णय बारको छ ।
यस्तै बुधबार उच्च अदालत र त्यसका इजलासमा विरोधसभा गर्ने, बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बारको भनाइ छ ।








