सुनको भाउ लगातार घट्यो

सुनको भाउ लगातार तेश्रो दिन पनि घटेको छ। मंसिर ९ गते, बिहीबार सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको । यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको छ ।

महासंघको तथ्यांक अनुसार अघिल्लो कारोबार दिन सुन तोलामा ५०० रुपैयाँले गिरावट भएर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। कार्तिक ६ गते यता सुन निरन्तर ओरालो लागिरहेको छ