काठमाडौं । सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँ रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।