काठमाडौं २७ मंसिर । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर देखिएको छ । सोमबार छापावाल सुन ९२ हजार ५ सयमा कारोबार भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, सोमबार तेजाबी सुन प्रति तोला ९१ हजार ९ सय ९९ मा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ९० मा कारोबार भएको छ । अघिल्लो दिन पनि एक हजार १ सय ९० नै तोकिएको थियो ।
Comments