Wednesday, September 23, 2026
20.1 C
Kathmandu
Home समाचार बेलायत र नेपाल सरकारका विरुद्ध आगो बाल्ने चेतावनी (भिडियो)

बेलायत र नेपाल सरकारका विरुद्ध आगो बाल्ने चेतावनी (भिडियो)

काठमाडौं । गोर्खा सैनिकहरुको अधिकारको विषयमा आवाज उठाउँदै आएकी अभियान्ता पुष्पा राणाले गोर्खा सैनिकको माग पूरा गर्ने विषयमा नेपाल सरकार गम्भीर नभएको गुनासो गरेकी छन् ।
गोर्खा सैनिकलाई पनि समान सेवा सुविधाको माग राखेर बेलायतमा १३ दिनसम्म अनसन बसेकी राणाले बेलायत सरकारले गोर्खा सैनिकको माग सम्बोधन गर्न वार्तामा बस्न तयार रहेको प्रतिवद्धता जनाउँदा पनि नेपाल सरकारले वार्ता समिति नबनाएको भन्दै दुःख व्यक्त गरेकी छिन् ।
नेपाल समाजवादी कांग्रेसकी उपाध्यक्ष समेत रहेकी उनले राजधानीमा आयोतिज पत्रकार भेटघाटमा गोर्खा सैनिकको विषयमा गम्भीर बन्न नेपाल सरकार बेलायत सरकारलाई अनुरोध समेत गरेकी छिन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।