नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । प्रति ताेलामा २०० रुपैयाँले बढी आज(साेमबार) ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे ९३ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुनकाे मूल्य ९३ हजार ३०० रुपैयाँ ताेकिएकाे छ । सुनकाे मूल्य बढ्दा चाँदीकाे भने स्थिर रहेकाे छ । आइतबार प्रति ताेला एक हजार २४५ रुपैयाँमा काराेबार भएकाे चाँदी आज पनि साेही मूल्यमै काराेबार भइरहेकाे संघले जनाएकाे छ ।
Comments