काठमाडौं ९ पुष । निर्धारित पाँच वर्ष र थपिएको समय समेत सकिएपछि आजबाट बिदा हुन लागेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्वास्थ्य र शिक्षा क्षेत्रकाे भवन बनाउन कम चासाे दिएकाे पाइएको छ भने सरकारी भवन निर्माणमा बढी चासो देखाएको पाइएको छ ।
प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुननिर्माणमा उल्लेखनीय काम भएको दाबी गर्दै आएपनि अधिकांश पुननिर्माणको काम अझै बाँकी रहेको समेत पाइएको छ । उनले शिक्षा र स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा भने कम चासो देखाएको समेत पाइएको हो ।
प्राधिकरणले विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ विद्यालय भवनको पुननिर्माणको लक्ष्य राखेको थियो । प्राधिकरणका अनुसार ६ हजार ६ सय ४७ भवन मात्रै पुननिर्माण सम्पन्न भएको छ । अझै ९ सय ३६ विद्यालय भवन पुननिर्माण तथा पुनस्र्थापना बाँकी रहेको छ ।
१ हजार १ सय ९७ स्वास्थ्य संस्थानका भवन पुननिर्माण गर्नुपर्नेमा ७ सय ५१ वटाको मात्रै सम्पन्न भएको छ । अझै ३ सय ५४ भवनको पुननिर्माण हुन सकेको छैन । शिक्षा र स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रको पुननिर्माण गर्न नै प्राधिकरण असफल बनेको हो । स्वास्थ्य तथा शिक्षा भन्दा सरकारी भवनमा भने प्राधिकरणले अलिक बढी चासो देखाएको पाइएको छ । ४ सय १५ वटा सरकारी भवनको पुननिर्माण गर्नुपर्नेमा ३ सय ८८ वटाको सम्पन्न गरेको छ । २० वटाको मात्र बाँकी रहेको पाइएको छ ।