काठमाडौं १५ पुष । बिहीबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बुधबार छापावाल सुन तोलाको ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।