Thursday, October 1, 2026
26.1 C
Kathmandu
Home समाचार लागु औषध मुद्दामा पक्राउ परेका लाउरेसहित चार जनालाई आठ दिन हिरासतमा

लागु औषध मुद्दामा पक्राउ परेका लाउरेसहित चार जनालाई आठ दिन हिरासतमा

काठमाडाैं १७ पुष । लागु औषधको मुद्दामा पोखराबाट पक्राउ परेका चर्चित र्‍यापर लाउरेसहित चार जनालाई आठ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीले शुक्रबार लाउरे नामले परिचित आशिष रानासहित चार जनालाई आठ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

चार जनालाई प्रहरीले बुधबार बेलुकी पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित न्युरोडबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेमा लाउरे, नविन गुरूङ, सुस्मिता गुरूङ र ध्रुवबहादुर थापा छन्। उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।

उनीहरूमाथि ब्राउन सुगर कारोबार गरेको आरोप छ। प्रहरीले उनीहरू चारै जनामाथि एकै साथ अनुसन्धान अघि बढाएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।