रामधन राई/
खोटाङ, साउन ८ । ज्वरो आउने, छाती दुख्ने लगायतका समस्याले हप्ता दिनदेखि बिरामी परेका खोटाङको दिप्रुङ गाउँपालिका–७ टेम्माका नबनिर्बाचित वडा सदस्य सग्रिधन राईको निधन भएको छ ।
उच्च ज्वरो आउने समस्या भएपछि धुलिखेल अस्पताल पु¥याइएका राईको उपचारकै क्रममा आईतबार बिहान निधन भएको माओबादी केन्द्र खोटाङका कोषाध्यक्ष दिपक पाण्डेले बताए ।

वडा सदस्य राई स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रका तर्फबाट दिप्रुङ गाउँपालिका–७ टेम्माको वडा सदस्यमा विजयी भएका थिए । शनिबार जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि ल्याइएका वडा सदस्य राईलाई रेफर गरिएपछि तत्कालै काठमाण्डौंतर्फ पठाइएको थियो । मृतक राई शान्ति माबि टेम्माका पुर्वप्रधानाध्यापक हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।