Tuesday, September 22, 2026
20.1 C
Kathmandu
Home मुख्य समाचार विवादित मिडिया अवार्डमा महासंघका अध्यक्षले भने, ‘अनुमति दिएको हो, रोमाञ्चित भएको छु’

विवादित मिडिया अवार्डमा महासंघका अध्यक्षले भने, ‘अनुमति दिएको हो, रोमाञ्चित भएको छु’

काठमाडौं २४ पुष । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विवादित मिडिया अवार्ड कार्यक्रममा आफ्नो धारणा राख्दै आफू रोमाञ्चित भएको बताएका छन् । अग्रजलाई सम्मान तथा प्रोत्साहन गर्न आयोजित कार्यक्रमबाट आफू रोमाञ्चित भएको बताएका उनले आयोजकले प्रस्ताव गरेको र आफूहरुले अनुमति दिएर सहकार्य गरेको पनि उल्लेख गरेका छन् ।

उनले अवार्ड कार्यक्रममा महासङ्घको संलग्नताबारे विवाद भएको स्विकार्दै आगामी दिनमा मापदण्ड बनाएर अगाडि बढ्ने बताएका थिए।

एलआईसी मिडिया अवार्डको नाम दिएको उक्त विवादित अवार्डका लागि महासंघको लेटरहेड र पदाधिकारीहरूकाे हस्ताक्षरमा विभिन्न ठाउँमा तोकेर नै चन्दा उठाएको भन्दै अहिले महासंघको चर्को आलोचना भइरहेको छ । आज कार्यक्रम सुरु हुनुपुर्व सचिव सृजना अर्यालको नाममा विज्ञप्ति जारी गरेर महासंघले विभिन्न टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ भने ३ लाख कोभिड राहत कोषमा हाल्ने भएपछि सहकार्य गरेको र उक्त रकम अब नलिने जनाएको छ ।

यता, बरिष्ठ उपाध्यक्ष रमेश विष्टले फेसबुकमा एक स्टाटस लेख्दै व्यापारिक घराना, बैंक तथा बित्तिय संस्था, सथनीय तह सरकारी संस्थाहरुसँग रकम तोकेरै चन्दा माग्ने, महासंघको नाम, लोगो पदाकिारीको हस्क्षतार प्रयोग गर्नु अक्षप्य अपराध भएको बताएका छन् ।

महासचिव रोशन पुरीले पनि आफ्नो डिजिटल हस्ताक्षर दुरुपयोग भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

यता, मिडिया अवार्डलाई भने अधिकांश सञ्चारकर्मीले बहिस्कार गरेका छन् । सुुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेपनि अवार्ड विवादित भएसँगै प्रचण्डले पनि कार्यक्रममा उपस्थित हुन अस्वीकार गरेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।