काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल केहि समयअघि वैवाहिक जीवनमा बाधिँएका हुन् । केही वर्ष प्रेममा परेका यी दुईले विवाह घोषणा गर्दा उनीहरुका फ्यान ‘सरप्राइज’ नै भए ।

विवाहपछिको केही दिनमै विक्की चलचित्र छायांकनमा व्यस्त छन् । कट्रिनाको ‘टाइगर ३’को छायांकनको नयाँ सेड्युल भने शुरु हुन सकेको छैन । उनी नयाँ चलचित्र ‘जी ले जरा’मा काम गर्दैछिन् । यो चलचित्रमा कट्रिनासँगै प्रियंका चोपडा र आलिया भट्टको पनि मुख्य भूमिका रहनेछ ।

यो चलचित्रका निर्माता फरहान अख्तर आफैं पनि अभिनय गर्ने तयारीमा छन् । तर, अब फरहानले चलचित्रमा अर्का एक नायकलाई पनि समावेश गर्ने तयारी थालेका छन् ।

चलचित्रका लागि अधिनेता विक्की कौशललाई अफर गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विक्कीलाई चलचित्रमा जोड्दा यसको चर्चा अझै हुने सोच निर्माणपक्षको रहेको समाचारमा उल्लेख छ । किनकि, यो चलचित्रमा विक्कीले कट्रिनाको जोडीको रुपमा काम गरेको खण्डमा दर्शकमा नयाँ उत्साह पैदा हुनेछ । साथै, विवाहपछि विक्की र कट्रिनाले सँगै काम गर्ने पहिलो चलचित्र पनि यही बन्नेछ । यो चलचित्र तीनजना महिलाको कथामा केन्द्रित रहेको छ । चलचित्रलाई जोया अख्तर र रीमा काग्तीले निर्देशन गर्दैछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।