बलिउड अभिनेता अक्षय कुमारले अभिनेता इमरान हाश्मीसँगको सेल्फी तस्विर शेयर गरेका छन् । यो देखेपछि सामाजिक सञ्जालमा दुवै एकसाथ फिल्ममा आउने अनुमान गरिएको छ र उनीहरुको आगामी फिल्मको नाम ‘सेल्फी’ राखिएको छ । यी स्टारका तस्बिर सामाजिक सञ्जालमा आउनेबित्तिकै भाइरल भएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू यस तस्विरसँग सम्बन्धित विवरणहरू जान्न दर्शकहरू उत्सुक भएका छन् ।

इन्स्टाग्राममा इमरानसँगको तस्बिर पोस्ट गर्दै अक्षयले लेखेका छन्, ‘मैले मेरो परफेक्ट सेल्फी पार्टनर फेला पारेको छु । यससँगै उनले यो तस्बिर करण जोहरलाई ट्याग गरेर सेल्फी खेल सकियो कि भनेर सोधेका छन् । इमरानसँगको तस्बिर सेयर गरेपछि अक्षयले अर्को तस्बिर सेयर गरेका छन्, जसमा उनी फरक ठाउँमा सेल्फी खिचिरहेको देख्न सकिन्छ ।

यस्तै तस्विर पोस्ट गर्दै इमरान हाश्मीले लेखेका छन्, ‘नयाँ लुक, नयाँ भाइब, अक्षय कुमारबाट प्रेरित, सेल्फीबाट मेरो दिनको सुरुवात ।’ सेल्फी सेयर गरेका छन् ।

सार्वजनिक भएको तस्विरमा इमरान–अक्षय बाइकमा बसेर खाली हाइवेमा सेल्फी खिचिरहेको देखिन्छ । यस क्रममा अक्षयले सुनको ज्याकेट र आँखामा चश्मा लगाएको देखिन्छ भने इमरान निलो ज्याकेटमा सुन्दर देखिन्छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।