वास्तुशास्त्रले जीवनमा गहिरो प्रभाव पार्छ। वास्तुशास्त्रमा प्रत्येक दिशाको फरक-फरक महत्त्व छ। विज्ञहरूका अनुसार विभिन्न दिशामा राखिएका धेरै वस्तुहरूले व्यक्तिको जीवनमा सकारात्मक वा नकारात्मक प्रभाव पार्छ। तर, जानकारीको कमीका कारण सर्वसाधारणले यस विषयमा ध्यान दिँदैनन् ।

वास्तुशास्त्रमा उत्तर दिशालाई धनको देवता कुबेरको दिशा मानिन्छ। त्यसैले उत्तर दिशा सधैं दोषमुक्त हुनुपर्छ भनिन्छ। वास्तुशास्त्र अनुसार उत्तर दिशामा वास्तु दोष भएमा व्यक्तिलाई आर्थिक समस्याको सामना गर्नु पर्ने हुन्छ । यस दिशामा कुनै पनि भारी वस्तु राख्नु हुँदैन भनिन्छ। यसो गर्नाले धन र अन्नको कमी हुन्छ।

घरको प्रवेशद्वार उत्तर दिशामा-

वास्तुशास्त्र अनुसार घरको प्रवेशद्वार सधैं उत्तर दिशा तर्फ हुनुपर्छ । यस दिशामा ऐना राख्नु शुभ मानिने भनिएको छ । यसका साथै यस दिशामा मनी प्लान्ट राख्नाले घरमा सुख-समृद्धि आउँछ। काममा प्रगति पाउन धनका देवता कुबेरको मूर्ति उत्तर दिशामा राख्नुपर्छ ।

यी पनि पढ्नुहोस्

भगवान शिवको व्रत गर्नाले हट्नेछन् यस्ता संकट

यो दिन ऋण चुक्ता गर्नुभयो भने फेरि कहिल्यै ऋणी बन्नुहुन्न

मनी प्लान्टभन्दा स्पाइडर प्लान्ट बढी फाइदाजनक, रोप्ने वित्तिकै अक्सिजन बढ्छ, आजै राेप्नुहाेस

नीलमणि ढुङ्गाको फाइदै फाइदा: यस्ता छन् यसको शुभ र अशुभ


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।