मन्त्री आलेकाे अर्काे एक्सनः १३ करोड क्यासीनोको कर नतिरी मध्यरातमा भाग्न लागेका बोल्सेनारो विमानस्थलबाटै नियन्त्रणमा

काठमाडाैं २ माघ । बतास समुहले बनाईरहेको दरबारस्थित नारायणहिटी भित्रकाे रेष्टुरेन्ट भत्काएर चौतर्फी प्रशंसा बटुलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोकिएको छ ।
क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेको थाहा पाए लगत्तै मन्त्री आले र सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सिइओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बुझिएको छ । उनले साग्रिला होटल र भैरहवाको टाईगर प्यालेसमा क्यासिनो चलाएको क्यासिनोको राजस्व नतिरि भाग्न लागेका बेला नियन्त्रणमा लिएका हुन् ।
एसएचएल म्यानेजमेन्टप्रालिले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको दावी गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।