काठमाडाैं ७ माघ । सुनचाँदीको भाउ बढ्ने क्रम जारी रहेको छ । शुक्रबार सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको अन्तिम कारोबार दिन तेजाबी सुन पनि उकालो लागेर प्रतितोला ९३ हजार ३०० रुपैयाँ पुगेको छ । बिहीबार भने सुन एकैदिन तोलामा १ हजार रुपैयाँले बढोत्तरी भएर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा उक्लेको थियो ।
Comments