भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं ७ माघ । सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको छ । शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमण उच्च भएकाले खाडी मुलुकमा जान रोक लगाएको जानकारी गराएको हो ।

कोरोना संक्रमण बढेसँगै खाडी मुलुकमा पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेको भन्दै भिजिट भिसामा त्यहाँ जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । अर्को आदेश नभएसम्म माघ १० गतेदेखि लागू हुनेगरी सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको विज्ञप्तिमा भनिएको छ ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

गाेल्डेन बुट: एम्बाेप्पेसँग पछि परे मेसी

काठमाडाैं । विश्व फुटबलका दुई महाशक्ति लियोनेल मेसी र किलियन एम्बाप्पेबीचको कडा प्रतिस्पर्धाले सधैँ फुटबल प्रेमीहरूलाई रोमाञ्चित...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...