काठमाडाैं ११ माघ । सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।