काठमाडौं १२ माघ । केही दिन यता लगातार वृद्धि हुँदै आएको सुनको भाउ बुधबार प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको भाउ भने स्थिर रहेको छ ।

यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३०० रुपैयाँ कायम भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।