काठमाडौं ४ साउन
 गृहमन्त्री जनार्दन शर्माले  डिएसपी सन्जिव शर्मा दासको एसपी बढुवा रोकेका छन् । उनले डिएसपी दासलाई अनुसन्धानका लागि निलम्बन गर्न समेत निर्देशन दिएका छन् ।
गृह मन्त्रालयको बढुवा समितिले विवादित व्यक्तिलाई बढुवाका लागि सिफारिस गरेको पाइएपछि गृहमन्त्री जनार्दन शर्माले रोकेका हुन् ।
सामाजिक संजाल (फेसबुक, ट्वीटर) तथा सञ्चार माध्यमले डिएसपी सन्जिव शर्मा दास बारे उठाएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुगेको भन्दै उनले धन्यवाद समेत दिएका छन् ।
गृहमन्त्रीले सामाजिक संजाल फेसवुकमा लेखेका छन्, सामाजिक संजाल तथा सञ्चार माध्यमले डीएसपी सन्जिव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद । सन्जिव शर्मा बारे थप अनुसन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।’ 
रामेछाप लिखु गाउँपालिका २ सैपुकी १४ बर्षीया सुन्तली तामाङ हत्याकाण्डको अभियुक्तलाई भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डिएसपी सञ्जीव शर्मा दासलाई विभागीय कारबाहीको सिफारिस गरेको भए पनि प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । त्यसपछि बढुवाको चर्को विरोध भएको थियो ।
साढे पाँच बर्ष अघिदेखि फरार अभियुक्त श्याम राउतलाई रामेछापका प्रहरी प्रमुख कुमोद ढुंगेलको सक्रियतामा एक महिनाअघि नेपाल भारतको सीमाबाट पक्राउ गरेको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।