काठमाडाैं २६ फागुन । बिहीबार सुनको भाउ एकैदिन ३ हजार ५०० रुपैयाँले घटेको छ। बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ बिहीबार उच्च दरले घटेको हो।
रुस र युक्रेनको युद्धको कारण पछिल्लो समय सुनको भाउमा दैनिक रुपमा ठुलो उतारचढाव देखिएको छ। बुधबार २ हजार ५०० रुपैयाँले बढेको सुन बिहीबार नै ३ हजार ५०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघको तथ्याँक अनुसार बिहिबार छापावाला सुन प्रतितोला १ लाख २ हजार र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तराष्ट्रिय बजारमा पनि तेल र सुन दुबैको भाउ घटेको छ जसले गर्दा नेपालमा पनि सुनको भाउ घटेको हो।
यसैगरी, चाँदी पनि बिहीबार एकैदिन तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।
Comments







