काठमाडौं ६ चैत । आगामी जेठ १६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सोही आधारमा बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् । विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षा समय : बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।