इसेवा र गुण एयरलाइन्सको ठगी धन्दा: फ्लाइट नै नभएको टिकट बेचेर यसरी फसाइँदैछ यात्रु

काठमाडौं २० चैत । इसेवा कम्पनीबाट कुनै कारोबार गर्न अगाडी एक पटक सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । राजनीतिमा पनि सक्रिय लेखक तथा कवि उर्मिला थपलियाले इसेवाबाट गुण एयरलाइन्सको टिकट लिएपछिकाे हैरानी वर्णन गरिनसक्नुको छ । पोखराबाट काठमाडौं आउन इसेवाबाट टिकट काटेकै कारण इसेवा र गुण एरलाइन्सेको बदमासीका कारण उनले हैरानी खप्नु परेको हो ।

गुण एयरलाइन्सको टिकट काटेर जब उनी एयरपोर्ट आइन, तब एयरपोर्टमा आज फ्लाइट नै नभएको भन्दै कसरी टिकट काटेर आएको भनेर उल्टै प्रश्नको सामना उनले गर्न पर्यो । ‘कहाँ छैन लापरवाही ! पोखराबाट काठमाडौं आउन टिकट काटेर पोखराको एयरपाेर्ट पुग्दा गुण एयरलाइनसले हाम्रो फ्लाइट छैन टिकट कसरि काट्नु भयो भने । म त अलमल परे । कस्तो सिस्टम हो हाम्रो देशको जस्ले जे गरे पनि पाउने हो । फ्लाइट नै नहुदा टिकट काटेर मान्छे झुक्याउने काम किन हुन्छ ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

गुण र इसेवाले फ्लाइट नै नभएको टिकट दिएपछि एयरपोर्ट आएकी उनले त्यसपछि अनावश्यक हैरानी बेहोर्नुपर्यो । निर्धारित समयमा गन्तव्यमा पुग्न नपाउनुको पीडा त छँदैछ, आफ्नो पैसा फिर्ता पाउन समेत उनले अर्को युद्ध नै लड्नुपर्ने अवस्था सिर्जना भयो ।

इसेवा र गुण एयरलाइन्स आफ्नै गल्ती हुँदा हुँदै पनि उनले पैसा सहजै फिर्ता पाइनन् । जब उनले आफ्नो पीडा सामाजिक सञ्जालमा लेखिन् । त्यसपछि उक्त स्टाटसहरु एकैछिन्मा भाइरल जस्तै बन्यो । त्यसपछि इसेवाले ढिलै भए पनि फिर्ता गर्न बाध्य बन्यो । ‘मैले फेसबुक र टुइटरमा लेखिसके पछि ७ बजे तिर पैसा फिर्ता त गर्यो तर मैले पछि बल्ल बल्ल टिकट काटेर आए ।’ उनले हेलोखबरसँग भनिन् ।

भलै उर्मिलाले जब सामाजिक सञ्जालमा लेखेर दबाब दिन सकिन । शब्दमा उतार्न नसकिने हैरानी नै पाएर भएपनि पैसा फिर्ता पाइन् । तर, अरु कति उर्मिलाहरु ठगिरहेका होलान् ? नियामक निकाय यस्तोमा बोलेको पाइदैन । इसेवालाई वित्तिय कारोबारको अधिकार दिने राष्ट्र बैंकले अनुगमन गरेको रेकर्ड भेटिदैन !


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।