काठमाडौं २३ चैत । बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेर १३३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३४० रुपैयाँ कायम रहेको थियो ।
Comments