सुनचाँदिको भाउ बढ्यो

काठमाडौं चैत २५ । सुनको भाउ शुक्रबार प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।  तेजावी सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १३५५ रुपैयाँ कायम भएको छ । बिहीबार  चाँदीको भाउ प्रतितोला १३४५ रुपैयाँ कायम रहेको थियो ।