वर्षको अन्तिम दिन सुनकाे मूल्य बढ्याे

काठमाडौं चैत ३० । २०७८ सालको अन्तिम दिन बुधबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख १५०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४०० रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १४०० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँ रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।