काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ९०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ निर्धारण भएको छ ।
बुधबार छापावाल सुन तोलाको १ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भने प्रतितोला ५ रुपैयाँले घटेर १३८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३८५ रुपैयाँ कायम रहेको थियो ।