Monday, September 21, 2026
24.1 C
Kathmandu
Home अर्थ खबर सोमबार सुन भाउ घट्यो

सोमबार सुन भाउ घट्यो

काठमाडौं । साेमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।