ह्वात्तै घट्याे सुनकाे भाउ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९७ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले घटेर एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ ।