मंगलबार यस्ताे छ सुनचाँदीको भाउ

सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ । असार २१ गते, मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको छ । यसैगरी आज चाँदी तोलामा पाँच रुपैयाँले महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ पुगेको छ । सोमबार सुनको भाउ स्थिर रहेको छ । सो दिन, सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

मंगलबार चाँदीको मूल्य बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।