सोमबार सुनको भाउ सामान्य घटेको छ । असार २७ गते, सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा झरेको छ । आइतबार भने सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । साताको दोश्रो दिन चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँ कायम रहेको छ । सो दिन, चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।