नेपाली बजारमा पछिल्लो दिनमा सुनको मूल्य बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ । महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जनाएको थियो । यस्तै, सोमबार १०० रुपैयाँले सुनको मूल्य आज मंगलबार थप ३०० रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो ।
सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।