काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागिएको छ । चलचित्र प्रेमगीत ३ का नायक प्रदीप खड्काले केसीको राजीनामा माग गरेका हुन् । कात्तिक १ गतेदेखि रात्री शो बन्द गर्ने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन् ।

विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको ‘प्रेमगीत-३’ प्रति लक्षित भएको खड्काको आरोप छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता खड्का चलचित्र विकास बोर्ड र निर्माता संघप्रति आक्रामक सुनिए ।

निर्माता संघले निर्माताको हकहितमा काम गर्न नसकेको भन्दै उनले समानान्तर निर्माता संघ खोल्ने चेतावनी पनि दिए । पत्रकार सम्मेलनमा खड्काले भने– उहाँले (भुवन केसीले) राजीनामा दिंदा इज्जत बढ्छ । ‘मदिरा पिलाउँदै खल्ने रात्रीक्लबहरु बिहान ४ बजेसम्म चलाउन मिल्ने तर कफी र पपर्कनसहित सपरिवार हेर्न मिल्ने फिल्म हललाई ११ बजेभित्रै बन्द गर्नुपर्ने निर्णय अन्यायपूर्ण हो’ उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।